ad ad

समाज


बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा हानेर यसरी हटाइयो, १० जना पक्राउ (भिडियाे)

बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा हानेर यसरी हटाइयो, १० जना पक्राउ (भिडियाे)

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ८:५२,

प्रहरीले बन्दाबन्दीको उल्लंघन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई पानीको फोहरा हानेर हटाइएको र नियम उल्लंघन गर्ने १० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लंघन गरी सडकमा समेत अवरोध गरेका थिए। सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो। उनीहरुले संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लंघन गरेको प्रहरीले जनाएको छ।

सरकारले जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिँडडुल गर्ने क्रम बढेको छ। प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ। सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ। -रासस

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .