ad ad

समाज


क्वारेन्टाइनबाट भागेका पाँच संक्रमित रातभर खोजेपछि फेला

क्वारेन्टाइनबाट भागेका पाँच संक्रमित रातभर खोजेपछि फेला

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ५:५५,

सर्लाहीको विष्णु गाउँपालिकाको क्वारेन्टिनबाट भागेका पाँच जना कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपछि उनीहरुलाई सदरमुकाम मलंगवा लगिएको प्रहरीले जनाएको छ।

विष्णु गाउँपालिकाका ३४ जनामा सोमबार कोरोना पुष्टि भएको थियो। विष्णु गाउँपालिका–३, स्थित मधुवनगोठ स्वास्थ्य चौकीबाट गाउँपालिकाकै बत्रौल स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा लाने क्रममा सोमबार राति नौ बजे पाँच जना संक्रमित फरार भएका थिए।

एम्बुलेन्समा हालेर आइसोलेसनमा लैजाने तयारी गर्दै गर्दा उनीहरु फरार भएका थिए। फरारमध्ये एक जना संक्रमितलाई प्रहरीले तत्कालै पक्राउ गरेपनि अरु पाँच जना भने भागेका थिए।

पछि खोजी गरेर उनीहरुलाई राति नै पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। ‘मंगलबार बिहान उनीहरुलाई मलंगवास्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजको आइसोलेसनमा ल्याएका छौं’ एसपी पोखरेलले भने।

नेपाल भारत सीमा क्षेत्रको एकान्त ठाउँमा लुकेर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .