ad ad

समाज


अब त अत्ती भो! भन्दै बालुवाटारमा युवाहरुको प्रदर्शन

अब त अत्ती भो! भन्दै बालुवाटारमा युवाहरुको प्रदर्शन

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ५:४५,

अब त अत्ती भो! लगायत प्लेकार्ड बोकेर युवाहरुले प्रधानमन्त्री निवास रहेको बालुवाटार परिसरमा प्रदर्शन गरेका छन।

स्वस्फुर्त: रुपमा जम्मा भएको बताउँने उनीहरुले कोरोनाका क्रममा भएको खर्चको विवरण सार्वजनिक गर्न, लकडाउन खुकुँलाे पार्दै जनजीवन सामान्य बनाउँदै लैजान, संसदको मात्रै नभएर आम सर्वसाधारणको पनि पीसीआर जाँच बढाउन माग राखेका छन।

भेलामा सहभागी आलोक सुबेदीले भने, ‘अहिले क्वारेन्टिनमा रहेकाहरुलाई आरटिडी टेस्टकै भरमा छोड्ने गरिएको छ। सांसदहरुको पीसीआर टेस्ट गर्ने सरकारले जनताको पनि पीसीआर टेस्ट गर्नुपर्छ, कोरोना रोकथाममा भएको खर्च सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो।’

उनले भेलामा सहभागी कोहीपनि कसैसँग आवद्ध नभई स्वतन्त्र रुपमा जम्मा भएको जनाए।

जम्मा भएका युवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब खोई?, खर्च पारदर्शी गर, असुरक्षित क्वारेन्टिन कोरोनाको स्वर्ग हो, लगायत लेखिएको प्लेकार्ड बोकेका छन।

Image

Image

सम्पूर्ण तस्बिरहरु: जगन्नाथ लामिछाने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .