ad ad

समाज


कोरोनाका कारण डोल्पामा पनि एक व्यक्तिको मृत्यु, मृतकको संख्या १२ पुग्यो

कोरोनाका कारण डोल्पामा पनि एक व्यक्तिको मृत्यु, मृतकको संख्या १२ पुग्यो

नेपालखबर
जेठ २४, २०७७ शनिबार ६:३८,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दर्जन पुगेको छ। डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिकाे स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।

यसअघि काेराेनाबाट नेपालमा ११ जनाकाे मृत्यु भइसकेकाे पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेकाे छ।  

डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारका अनुसार यही जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट काेराेना भाइरस पोजिटिभ आएको हो।

‘उनको मृत्यु भएपछि शंका लागेर उनीसहित उनको स्याहारसुसारमा खटिएका उनकी पत्नी र भाइसमेतकाे स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो,’ डीएसपी रञ्जितकारले शनिबार दिउँसो टेलिफोनमा नेपालखबरसँग भने, ‘तीमध्ये मृतकमा कोरोना पोजिटिभ आएको जानकारी प्रतिष्ठानले गराएको हो।’

उनका पत्नी र भाइकाे रिपाेर्ट भने नेगेटिभ अर्थात् काेराेना नरहेकाे आएको उनले जानकारी दिए।

डीएसपी रञ्जितकारका अनुसार ती व्यक्ति दमका दीर्घरोगी थिए। उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हाे।

‘उनको मृत्यु स्वाभाविक कालगतिले भएको देखिन्छ, कोरोनाका कुनै लक्षण थिएनन्,’ डीएसपी रञ्जितकारले भने, ‘तर प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .