गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएसँगै यस प्रदेशमा जम्मा संक्रमितको संख्या ७५ पुगेको छ।
निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माका अनुसार स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी पूर्वका ३ जनालाई नयाँ कोरोना पुष्टि भएको हो।
स्याङ्जाका नयाँ संक्रमितहरु मध्ये ८ जना वालिङ नगरपालिकाका र २ जना हरिनास गाउँपालिकाका हुन। यस्तै कास्कीमा पोखरा महानगरपालिकामा ५९ वर्षीय १ जना र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुषलाई संक्रमण देखिएको हो।
नवलपरासीका ३ जनै विनय त्रिवेणी नगरपालिकाका हुन भने बाग्लुङका ताराखोला गाउँपालिका ३९ जनालाई थप कोरोना पुष्टि भएको हो।
सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने कार्य जारी रहेको शर्माले जनाए।
प्रतिक्रिया