ad ad

समाज


भारतमा कोरोना : शुक्रबार २८६ को मृत्यु, साढे नौ हजार संक्रमित

भारतमा कोरोना : शुक्रबार २८६ को मृत्यु, साढे नौ हजार संक्रमित

नेपालखबर
जेठ २४, २०७७ शनिबार ३:२७,

भारतमा कोरोनाको संक्रमण र मृत्युदर बढ्दै गएको छ। शुक्रबार भारतमा संक्रमणबाट दुईसय ८६ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार एकै दिन भारतमा नौ हजार चारसय ७१ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म संक्रमणबाट ६ हजार ६ सय ४९ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म दुई लाख ३६ हजार एकसय ८४ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक लाख १३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका वर्ल्डओमिटरले जनाएको छ।

भारतमा एकलाख १६ हजारभन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये आठ हजार नौसय ४४ जनाको अवस्था गम्भीर छ।

भारतमा जुन १ देखि लकडाउन केही खुकुलो पारिएको छ। लकडाउन खुकुलो भएसँगै भारतमा संक्रमण र मृत्युदर अझ बढ्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .