समाज


दुई वटा सामुदायिक वनका कोषाध्यक्ष घुस रकमसहित पक्राउ

दुई वटा सामुदायिक वनका कोषाध्यक्ष घुस रकमसहित पक्राउ

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:६,

सिन्धुलीमा रहेका दुईवटा सामुदायिक वनका कोषाध्यक्षलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको छ।

तिनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका–४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस लिएपछि उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना रहेका छन्।

कुखुरा फर्मका पुराना काठहरु तिनपाटन गाउँपालिका–९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीकार्यालय सिन्धुलीले उनीहरुलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad