संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानको तरकारी तथा फलफूल कानुन हातमा लिएर अनधिकृत रुपमा नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको आज बसेको बैठकले गृह मन्त्रालयलाई त्यस्ता व्यक्तिलाई कारबाही गरी किसानका तरकारी निर्बाध ओसारपसार गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।
समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि खाद्य पदार्थमा अखाद्य पदार्थको मिसावट रोक्न आवश्यक पर्ने खाद्यान्नको सञ्चय गरी खाद्यान्न अभाव हुन नदिन आवश्यक कार्य गर्न निर्देशन दिएको छ। त्यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई समेत समितिले तीन बुँदे निर्देशन दिएको छ।



प्रतिक्रिया