दलित एकता समाज फेदीखोला स्याङ्जाले दीप प्रज्वलनसहित श्रद्धाञ्जलीसभा गर्दै रुकुम घटनाका दोषीहरुलाई हदैसम्मको कारबाही माग गरेको छ।
कार्यक्रममा रुकुम घटनाका सबै मृतकलाई श्रद्धाञ्जली दिँदै सामाजिक अभियन्त्ता बिनोद सुनामले रुकुम घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरे। उनले घटनाका दोषीलाई विद्यमान कानुनकै मातहत पनि हदैसम्मको कारबाही र दण्डको व्यवस्थाका लागि राज्यसँग जोडदार माग गरेका छन्।
‘राज्यले छुवाछुत र जातीय विभेद मुक्त गरे पनि व्यबहारमा लागू नहुँदा रुकुम हत्याकाण्ड भएको हो, प्रेम गरेकै आरोपमा अपमानि त हुनुपरेको हो’, उनले भने, ‘ज्यानै लिनेसम्मका घटना घट्नु दुःखद् छ, दोषीस्लाई कारबाही हुनुपर्छ।’
उनले यो घटनाको जति बिरोध गरे पनि कम हुने भन्दै आमूल परिवर्तनको लागि सम्पूर्ण प्रगतिशील बुद्धिजीवीहरु एक भएर अगि बढ्नु पर्ने पनि बताए।

फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले स्थानीय सरकार व्यवहारिक रुपमै छुवाछुत उन्मुलनमा प्रतिबद्ध रहेको भन्दै सरकारले छिट्टै छानबिन गरेर दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे। सानै देखि जातीय विभेद र छुवाछूतको बिरोध गर्दै राजनीतिमा प्रवेश गरेको भन्दै गाउँपालिका प्रमुख सुवेदीले जनस्तरमै छुवाछूत र विभेद उन्मुलनको लागि पालिका स्तरीय विविध रचनात्मक कार्यक्रम गरिने पनि बताए।
कार्यक्रममा बोल्दै वामबुद्धिजीवी लक्ष्मीप्रसाद बरालले जातीय विभेदविरोधी चेतना राख्ने सबै तह र तप्काका नागरिकहरूले एक स्वरमा सामाजिक रुपान्तरण लागि राज्यमाथि चौतर्फी दबाव सिर्जना गर्न आह्वान गरे।
दीपप्रजलन तथा श्रद्धाञ्जली कार्यक्रमा ,समाजसेवी विश्वबन्दु पौडेल ,वडा सदस्य असु बिक, राजनीतिकर्मी डीबी मिजारले पनि आफ्नो भनाइ राखेका थिए।

प्रतिक्रिया