समाज


तेह्रथुममा पहिलोपटक देखियो कोरोना, गर्भवती युवती संक्रमित

तेह्रथुममा पहिलोपटक देखियो कोरोना, गर्भवती युवती संक्रमित

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ३:२०,

तेह्रथुममा पहिलोपटक कोरोनो संक्रमण देखिएको छ। तेह्रथुमको आठराइ गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आठराई गाउँपालिका-४ का २० वर्षीया युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प संक्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए।

१६ जेठमा उनीहरुसहित अन्य १९ जनाको स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो। बुधबार आएको रिपोर्टमा दुई जनामा संक्रमण देखिएको हो। अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले बताए।

कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन्। उनी छ महिनाकी गर्भवती रहेको स्थानीय प्रशासनले जनाएको छ।

अर्का सङ्क्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले बताए। सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ।

दुवैलाई आजै धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाउने तयारी स्थानीय प्रशासनले गरेको छ। पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएपछि तेह्रथुममा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए। अहिलेसम्म देशभरका ६६ जिल्लामा कोरोनो संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad