समाज


गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ २२, २०७७ बिहिबार २:३९,

गण्डकी प्रदेशका चार जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरी बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लामा थप संक्रमित देखिएको जानकारी दिएको हो।

स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा.विनोद बिन्दु शर्माले जारी गरेको विज्ञप्तिका अनुसार बाग्जुङका नौ पुरुष र एक महिला, स्याङ्जाका एक किशोर, म्याग्दीका एक युवा र पर्वतका चार पुरुषमा संक्रमण पुष्टि भएको हो।

संक्रमित १६ देखि ३३ वर्ष उमेर समूहका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये तीन संक्रमित निको भएर घर फर्किसकेका छन्।

gndaki corona sHP2WINciO

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad