गोरा जातिकी युवतीले दुई महिलालाई चिनियाँ भाइरस भनेको साथै थुकेर दुर्व्यवहार गरेको एससीएमपीले जनाएको छ।
यस घटनाको भिडियो समेत सार्वजनिक भएको छ। जहाँ दुर्व्यवहार गर्ने युवतीले बाटोमा हिँड्दै गरेका दुई युवती नजिक गएर ‘चिनियाँ भाइरस, अस्ट्रेलियामा चिनियाँ भाइरस फैल्याउने तिमीहरु नै हौं’ जस्ता शब्द प्रयोग गरेको सुनिन्छ।
भिडियोमा गोरा जातिकी युवतीले दुई महिलालाई थुकेको पनि देखिन्छ। त्यहाँ एक मानिसले माह्वल नियन्त्रणमा लिने प्रयास गरेको देखिँदा दुर्व्यवहार गर्ने युवतीकी साथीले भिडियो खिचिरहेको देख्न सकिन्छ।
कोरोना भाइरसको प्रकोपको विषयलाई लिएर जातिवादी टिप्पणी गरिए त्यो अपराध ठहरिने डब्लूएचओले जनाएको छ।
(भिडियो)
3
Shares
प्रतिक्रिया