ad ad

राजनीति


चीनले हङकङमा लागु गरेको नयाँ शान्ति सुरक्षा नीतिलाई नेपालले गर्‍यो समर्थन

चीनले हङकङमा लागु गरेको नयाँ शान्ति सुरक्षा नीतिलाई नेपालले गर्‍यो समर्थन

नेपालखबर
जेठ २१, २०७७ बुधबार ११:५५,

नेपालले हङकङमा चीन सरकारले स्थापना गर्न लागेको शान्ति सुरक्षा प्रयासलाई कुनै पनि देशले हस्तक्षेप गर्न नहुने बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले विज्ञप्ति जारी गर्दै चिनियाँ कदमको समर्थन गरेका हुन्।

एक चीन नीतिप्रति नेपालको समर्थन दोहोर्‍याउदै नेपालले भनेको छ– नेपालले हङकङलाई चीनको अभिन्न अंगका रुपमा मान्दछ।

‘शान्ति, सुरक्षा कुनै पनि राष्ट्रको आधारभूत जिम्मेवारीमा पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा विश्वास गर्छ र हङकङमा शान्ति सुरक्षा स्थापना गर्ने चिनियाँ प्रयासको नेपालले समर्थन गर्दछ।’

बेइजिङले विशेष प्रशासकीय क्षेत्र हङकङका लागि नयाँ सुरक्षा कानुन ल्याएपछि अमेरिकाले त्यसको विरोध गरेको छ।

त्यसैगरी हङकङलाई उसले दिँदै आएको विशेष सुविधाहरु समेत हटाउने अमेरिकाले जनाएको छ।

त्यसैगरी बेलायतले पनि चीनले ल्याएको नयाँ शान्ति सुरक्षा कानुनको विरोध गरेको छ। हङकङमा पनि सो कानुनको विरोध हुदै आएको छ।

एक–चीन दुई शासन व्यवस्था अन्तर्गत हङकङमा शासन हुँदै आएको छ। सन् १९९७ सम्म बेलायत अधिनस्थ रहेको हङकङलाई विशेष प्रशासकीय नीति अनुसार शासन चलाउने शर्तमा चीनले फिर्ता पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .