काठमाडौं मेडिकल कलेज ( केएमसी) को सिनामंगलस्थित शिक्षण अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।
अस्पतालले बुधबार अत्यन्त जरुरी सूचना प्रकाशन गर्दै अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ बिरामीमा काेराेना संक्रमण पुष्टि भएकाले आकस्मिक सेवासमेत अस्पतालका सबै सेवा बन्द गरिएकाे जानकारी दिएकाे हाे।
अब अर्को सूचना नआउन्जेलका लागि अस्पताल नखुल्ने अस्पतालले जनाएकाे छ।

संक्रमण फैलिने जोखिम भएकाले आकस्मिकसमेत सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ।
3
Shares

प्रतिक्रिया