काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकसमेत सबै सेवा बन्द गरिएको छ।
अस्पतालले प्रकाशन गरेको सूचनाअनुसार अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ अन्य बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ।

प्रतिक्रिया