कोरोना भाइरसविरुद्धको खोप अब केही महिनाभित्रै आउनेमा आफूहरू आशावादी रहेको अमेरिकी सैनिकका खोप अनुसन्धानकर्ताले बताएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी सैनिकका खोप अनुसन्धानकर्ता कर्णेल वेन्डी सामोन्स-ज्याक्सनले यो वर्ष (सन् २०२०) को अन्त्यसम्म केही अमेरिकीका लागि खोप उपलब्ध हुन सक्ने बताएकी हुन्।
अमेरिकी सैनिकको इन्फेक्सस डिजिज रिसर्च कार्यक्रमकी निर्देशक कर्णेल ज्याक्सनले मंगलबार रक्षा मन्त्रालयल पेन्टागनमा भएको पत्रकार सम्मेलनमा भने, ‘यो वर्षको अन्त्यसम्ममा केही मानिसका लागि खोप बन्न सक्छ।’
आर्मीका अर्का अनुसन्धानकर्ता डा। केभिओन मोजारडले पनि खोप बन्न अब केही महिना मात्रै लाग्ने दाबी गरेका छन्। उनले भने, ‘खोपको तेस्रो चरणको परीक्षणको तयारी भइरहेको छ। म अति आशावादी छु।’
समाचार संस्था रोयटर्सका अनुसार स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर खाेप उत्पादन गरिरहेको अमेरिकी आर्मीका अनुसन्धानकर्ताले बताएका छन्। एस्ट्राजेनेका पीएसजी, जोन्सन एन्ड जोन्सन, मोदेर्ना र सानोफी एसएसँग सहकार्य गरेर याे काम भइरहेको अमेरिकी आर्मीले जानकारी दिएकाे छ।

प्रतिक्रिया