प्रहरीको नियन्त्रणमा रहेका बेला फ्लोएडको मृत्यु भएको थियो। प्रहरीले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले ८ मिनेटसम्म थिचेका थिए।
सास फेर्न नसक्दा उनको मृत्यु भएको थियो। यसबीचमा अमेरिकाभर रंगेभदविरुद्ध आन्दोलन चर्किएको हो।
छैठौं दिन आइतबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउससम्म पुगेर प्रदर्शनकारीले हत्याको विरोध गरेका थिए।
प्रदर्शनकारीले प्रहरीको गाडी जलाएका छन्। आन्दोलनको फाइदा उठाउँदै त्यहाँ चोरी र डकैतीका घटना पनि बढेका छन्। हिंसा भड्किएपछि अमेरिकाका ४० शहरमा यतिबेला कर्फ्यु लगाइएको छ।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया र लस एन्जलेसमा दंगा प्रहरी र प्रदर्शनकारीबीच हात हालाहाल भएको थियो।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा प्लास्टिकका गोली प्रहार गरेका थिए।
अमेरिकाले यतिबेला पाँच हजार रिजर्भ मिलिटेरी द नेसनल गार्डका जवान वासिङ्टन बाहेकका १५ प्रान्तमा तैनाथ गरेका छन्।
कोरोना भाइरसको प्रकोपबाट गुज्रिएको अमेरिका यतिबेला रंगभेदविरुद्धको आन्दोलनले अशान्त बनेको छ। एजेन्सी
यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

प्रतिक्रिया