समाज


बाँकेमा गएराति भएको सवारी दुर्घटनाको खबरले स्तब्ध छुः प्रचण्ड

बाँकेमा गएराति भएको सवारी दुर्घटनाको खबरले स्तब्ध छुः प्रचण्ड

नेपालखबर
जेठ १९, २०७७ सोमबार ६:५९,

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएराति बाँकेमा भएको सवारी दुर्घटनाबाट आफू स्तब्ध बनेको बताएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु तथा २१ जना घाइते भएका थिए।

प्रचण्डले भनेका छन्, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि उनले माग समेत गरेका छन्।

लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि उनले गराएका छन्।

यो पनि : बाँके दुर्घटनामा घाइते २१ को नाम सार्वजनिक, मृतक १२ मध्ये चालक र सहचालककाे सनाखत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad