कर्णाली प्रदेशमा आज(सोमबार)मात्रै ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ती अनुसार सुर्खेतस्थित प्रादेशिक प्रयाेगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएकाे परीक्षणबाट थप ७५ जनामा कोरोना पुष्टि भएको हो।
यससँगै कर्णालीमा कुल संक्रमित संख्या १९८ पुगेकाे मन्त्रालयले जनाएकाे छ। त्यसमध्ये एक जनाको मृत्यु भैसकेको छ।
नयाँ पुष्टि भएकाहरुमा दैलेखका ४१ जना, सल्यानका १० जना, सुर्खेतका ५ जना र जुम्लाका १९ जना छन।
यो पनि: गण्डकी प्रदेशमा थप ३ जनालाई कोरोना पुष्टि


प्रतिक्रिया