समाज


भारतमा एकै दिन साढे आठ हजार भन्दा धेरै संक्रमित, २२३ को मृत्यु

भारतमा एकै दिन साढे आठ हजार भन्दा धेरै संक्रमित, २२३ को मृत्यु

नेपालखबर
जेठ १९, २०७७ सोमबार ०:३४,

भारतमा आइतबार एकै दिन साढे आठ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार भारतमा आठ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै भारतमा संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ।

वल्र्डओमिटरका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ।

आइतबार मात्रै त्यहाँ संक्रमणबाट २ सय २३ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म ९१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ६२ लाख ५९ हजार ५ सय ३३ पुगेको छ। सोमबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार आइतबार मात्रै विश्वभर १ लाख ९ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म संक्रमणबाट विश्वभर ३ लाख ७३ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ। आइतबार मात्रै विश्वभर ३ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन्।

आइतबार अमेरिकामा ६३३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेको छ।

त्यसैगरी आइतबार ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, क्यानाडामा २२१, रुसमा १३८, बेलायतमा ११३, पेरुमा १३५ जनाले ज्यान गुमाएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad