समाज


बाँकेमा मध्यराति ट्रकमा हाइस ठोक्किँदा ११ जनाको मृत्यु, २२ जना घाइते

बाँकेमा मध्यराति ट्रकमा हाइस ठोक्किँदा ११ जनाको मृत्यु, २२ जना घाइते

नेपालखबर
जेठ १९, २०७७ सोमबार ०:२३,

बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेकाे हाे।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएकाे हाे। 

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। 

घाइतेहरुलाई भेरी अस्पताल लगिएकाे छ। शव पनि त्यही अस्पतालकाे शव गृहमा राखिएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकाे हाइसमा भारतका विभिन्न सहरबाट फर्किएका ३३ जना सवार थिए। उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर घर पठाइँदै गर्दा गाडी दुर्घटनामा परेकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad