ad ad

समाज


बच्चा जन्माएको दुई दिनपछि सुत्केरीको मृत्यु, मृत्युको कारणबारे छानविन हुँदै

बच्चा जन्माएको दुई दिनपछि सुत्केरीको मृत्यु, मृत्युको कारणबारे छानविन हुँदै

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:२९,

डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन्। मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो। सुत्केरी भएको दुई दिनपछि आइतबार बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .