ad ad

समाज


एउटै बसमा म्याग्दीका संक्रमितसँगै आएकाहरुको खोजी हुँदै, दमौली, डुम्रे र आँबुखैरैनीमा झरेका थिए यात्रुहरु

एउटै बसमा म्याग्दीका संक्रमितसँगै आएकाहरुको खोजी हुँदै, दमौली, डुम्रे र आँबुखैरैनीमा झरेका थिए यात्रुहरु

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:१८,

भैरहवाबाट म्याग्दी आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी स्वास्थ्य निर्देशनालयले उनीसँगै आएका अन्य व्यक्तिको खोजी थालेको छ।

म्याग्दीको नमूना मावि क्वारेन्टिनबाट जेठ ९ गते म्याग्दीसम्म पुगेको ना५ ख. २८९८ नम्बरको बसमा आएका ती युवासँग अन्य २३ जना पनि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तीमध्ये एक जना गोर्खाका, ३ जना लमजुङका र २ जना कास्कीका भएको खुलेको छ। उनीहरुमध्ये गोर्खा जाने यात्रु आँबुखैरेनीमा, लमजुङ जाने डुम्रे, तनहुँका दमौली र पोखराका पृथ्वीचोकमा झरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आँबुखैरेनी, डुम्रे, दमौली र पोखराको पृथ्वीचोकमा झरेका व्यक्ति कहाँ गए भन्ने खुलेको छैन। संक्रमितसँगै आएकाले उनीहरुमा पनि संक्रमण सरेको हुनसक्ने र त्यसले कोरोना समुदायमा फैलनसक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश स्वास्थ्य निर्देशनालयले ती व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले ती व्यक्ति देखिए वा भेटिए स्वास्थ्य संस्थामा खबर गर्न आग्रह पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .