ad ad

समाज


पूर्वमा बिहानै, मध्य र पश्चिमी क्षेत्रमा अपराह्नपछि चट्याङ/हावाहुरी/वर्षाको सम्भावना

पूर्वमा बिहानै, मध्य र पश्चिमी क्षेत्रमा अपराह्नपछि चट्याङ/हावाहुरी/वर्षाको सम्भावना

नेपालखबर
जेठ १८, २०७७ आइतबार १:४३,

आज (आइतबार) पनि देशका पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले (आइतबार बिहान) देशैभर मौसम बदली भइसकेको छ।

‘पूर्वी क्षेत्रमा त अहिले बिहानैदेखि वर्षाको सम्भावना देखिएको छ,’ उनले भनिन्, ‘मध्य र पश्चिमी क्षेत्रमा भने अपराह्नपछि वर्षा हुने देखिन्छ।’

मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको उनले बताइन्।

प्रिमनसुन भएकाले साथमा हावाहुरी, मेघगर्जन/चट्याङ सम्भावना पनि उत्तिकै हुने मौसमविद्ले बताएका छन्।
मनसुन नजिकिँदै
अहिले प्रिमनसुन चलिरहेको छ। यसपछि अब मनसुन अर्थात् वर्षा याम लाग्नेछ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार ५-१० वर्षयताको अभिलेख हेर्दा नेपालमा सामान्यतया जुन १० तारिखभन्दा पछि मनसुन भित्रिएको छ।

‘अहिले मनसुन विकास गर्ने प्रणाली बंगालको खाडीमै छ,’ उनले भनिन्, ‘त्यसले भारतकै केही स्थानमा असर देखाउन थालेको छ, बिस्तारै नेपाल प्रवेश गर्ने सम्भावना हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .