ad ad

समाज


कर्णालीमा थप ५९ जनामा कोरोना पुष्टि

कर्णालीमा थप ५९ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ १७, २०७७ शनिबार १७:७,

कर्णाली प्रदेशमा शनिबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलद्वारा शनिबार राति ९ः४५ बजे जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो।

यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १०५ पुगेको छ।

नयाँ पुष्टि भएका संक्रमितमध्ये दैलेख, कालिकोट, बाजुरा, सल्यान, सुर्खेतका छन्।

तीमध्ये दैलेख नगरपालिकाका १४ जना, दैलेखकै दुल्लु नगरपालिकाका १, कालिकोट शुभकालिकाका १२ जना, महावै गाउँपालिकाका ५ जना, बाजुरा जुजनाथ–५ का १ जना, सल्यान वनगाड कुपिन्डे नगरपालिकाकाका २५र सुर्खेत बराहताल–९ का १ जना संक्रमित भएका हुन्।

तीमध्ये एक ४ वर्षीया बालिकाबाहेक सबै पुरुष छन्।

उनीहरुको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .