ad ad

राजनीति


भारतीय रक्षामन्त्री सिंहले भनेः नेपालसँगको सीमा विवाद वार्ताबाटै समाधान हुन्छ

भारतीय रक्षामन्त्री सिंहले भनेः नेपालसँगको सीमा विवाद वार्ताबाटै समाधान हुन्छ

नेपालखबर
जेठ १७, २०७७ शनिबार १६:५२,

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीच जारी सीमा विवाद कूटनीतिक छलफलबाटै समाधान गरिने बताएका छन्।

रक्षामन्त्री सिंहले भारतीय सञ्चारमाध्यम आजतकसँग अन्तर्वार्ता दिँदै नेपाल-भारतीबीच लिपुलेकसम्बन्धी विवादलाई आपसी वार्ताकै माध्यमबाट टुंगो लगाउने बताएका हुन्।

मोदी नेतृत्व सरकारको दोस्रो कार्याकालको २ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित अन्तर्वार्तामा उनले अन्य विविध विषयका साथै नेपाल-भारत सीमाबारे पनि आफ्नो धारणा राखेका हुन्।

अन्तर्वार्तामा भारतीय रक्षामन्त्री सिंहले भने, ‘छलफलका माध्यमबाट हामी यो समस्या समाधान गर्छौं।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .