दैलेखको दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ।
उक्त वडाका अध्यक्ष लालबहादुर रावतका अनुसार शनिबार बिहान दुल्लु नगरपालिका - ११ का ३५ वर्षीय युवकको मृत्यु भएको हो।
'उनी जेठ ९ गते भारतको गुजरातबाट आएका थिए,' रावतले भने, 'दुई दिनअघि नै स्वाव संकलन गरिसकिएको छ। आज(शनिबार) दिउँसो २ बजे रिपोर्ट आउने जानकारी पाएका छौं।'
मृतकको स्वाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको उनले जानकारी दिए।
3
Shares

प्रतिक्रिया