राजनीति


डोनाल्ड ट्रम्पले चीनबिरूद्ध गम्भीर कदम चाल्ने घोषणा गरे

डोनाल्ड ट्रम्पले चीनबिरूद्ध गम्भीर कदम चाल्ने घोषणा गरे

नेपालखबर
जेठ १७, २०७७ शनिबार ६:३४,

शुक्रबार विश्व स्वास्थ्य संगठन, हङकङको स्वतन्त्रता लगायत अन्य विषयमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको चर्को आलोचना गरेका हुन्।

सो क्रममा ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरे।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै यसैकारण ऊसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरे।

डब्लूएचओका लागि अमेरिकाले खडा गरेको कोषको रकम अब विश्वका अन्य जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने ट्रम्पले बताएका छन्।

उनले भने, ‘डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि।’

शुक्रबारको पत्रकार सम्मेलनमा ट्रम्पले हङकङका विषयमा समेत चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिए।

चीनले ल्याएको नयाँ सुरक्षा कानुन दुःखद रहेको उनको आरोप छ। अब हङकङमा कष्टपूर्ण जीवनको सुरुवात भएको ट्रम्पको भनाइ थियो।

चीनले गत हप्ता घोषणा गरेको सुरक्षासम्बन्धी नयाँ कानुनको हङकङमा प्रजातन्त्र पक्षधर आन्दोलनमा उत्रिएका छन्।

चीनले अमेरिकालाई हालसम्म कसैले नदिएको चुनौती प्रस्तुत गरेको ट्रम्पको भनाइ थियो।

उनले चीनले आफ्ना देशका औद्योगिक रहस्यहरु चोरेको तथा प्रशान्त महासागर वरपरका क्षेत्र आफ्नो दाबी गरिरहेको र हङकङको स्वतन्त्रता अवैधानिक रुपमा खोसेकाले अमेरिकाले चीनविरुद्ध गम्भीर कदम चाल्ने बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad