काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षण गर्ने क्रममा झडप भएको छ।
काठमाडौंमा बस्ने हुम्लाका बासिन्दामाझ परीक्षण गर्नेक्रममा किट अभाव भएपछि झडप भएको प्रहरीले जनाएको छ।
सांसद छक्कबहादुर लामाले ती मानिसहरुलाई भेला गराएका थिए।
परीक्षणका लागि ५ सय किट लगिए पनि अपुग भएको थियो।
सिमलटारमा भेला भएका हुम्लाका नागरिकबीच कसको परीक्षण गर्ने, कसको नगर्ने भन्ने विषयमा विवाद भएपछि कुर्सी हानाहान भएको हो।
झडपका क्रममा केही युवा समान्य घाइते भएको बौद्ध वृत्तका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।

प्रतिक्रिया