दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए।
उनीहरुको दुई रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए।
डिस्चार्ज हुनेहरुमा बाँकेको नरैनापुरका ३ जना, कपिलवस्तु २ जना, कविलवस्तु २ जना र दाङका १ जना छन।
अस्पतालमा अब ३२ जना कोरोना संक्रमित बाँकी रहे। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया