ad ad

राजनीति


नेपाली भूमिमा आएर भारतीय प्रहरीले सडक भत्कायो

नेपाली भूमिमा आएर भारतीय प्रहरीले सडक भत्कायो

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ९:९,

पर्साको ठोरी गाउँपालिका २ मा ठुटे खोलामा निर्माण भएको सडक भारतीय प्रहरीले भत्काइदिएको छ।

बिहीबार अपरान्ह भारतीय प्रहरीको टोलीले सडक भत्काइदिएको वडा नं २ का वडाध्यक्ष किशोर तामाङले बताए।

भारततर्फ पानी लैजाने दुईवटा र नेपालको एउटा कुलो त्यो सडकमा परेका थिए। कुलो पुरेर सडक निर्माण गरेको नेपाली पक्षले अन्य ठाउँबाट कुलो बनाइदिने तयारी गरेको थियो।

Thutekhola IndianPolice

शुक्रबारदेखि कुलो बनाइदिने तयारी भएपनि भारतीय प्रहरीको दादागिरीपछि रोकिएको वडाध्यक्ष तामाङले बताए।

‘कुलो नपुरेसम्म सडक बन्ने अवस्था थिएन, हामीले कुलो सारिदिने तयारी गरेका थियौं, आजबाट बनाउने भनेका थियौं, अब तत्काल त्यो काम रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘भारतीय पक्षले आफ्नै बिर्ता जस्तो गर्छ नेपालको भूमि पनि। तत्काल काम अघि बढाउँदा समस्या थप बल्झिएला भनेर काम रोकियो।’

पर्साको ठोरी गाउँपालिका वडा नं २ र ३ जोड्ने ठुटे खोलामा तीन दिन अगाडी मात्रै सडक निर्माण गरिएको थियो।

भारतीय प्रहरीसहित आएका स्थानीयले सडक भत्काउन थालेपछि ठोरीका स्थानीय त्यहाँ पुगेर बिरोध गरेका थिए।

भत्किएको सडक पनि बिहीबार साँझ नै बनाएको वडाध्यक्ष तामाङले बताए।

Thutekhola IndianPolice 1

शुक्रबार त्यहाँका जनप्रतिनिधि र स्थानीयले स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन्।

२०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा पुल निर्माण भएको थियो।

हुलाकी राजमार्गमा पर्ने पुल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि भारतीय पक्षको अवरोधका कारण सडक प्रयोगमा आएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .