समाज


गण्डकी प्रदेशमा दुईको मृत्यु

गण्डकी प्रदेशमा दुईको मृत्यु

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १३:१३,

गण्डकी प्रदेशमा बिहीबार एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरिएको अवस्थामा शव भेटिएको छ।

पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा बिहीबार एक जनाको शव फेला परेको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा बिहीबार बिहान फेला परेको हो ।

त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। कपडा सुकाउने क्रममा बिजुलीको नांगो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।
रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad