राजनीति


सशस्त्र प्रहरी निरीक्षक योञ्जन गुल्मपति तालिममा सर्वप्रथम

सशस्त्र प्रहरी निरीक्षक योञ्जन गुल्मपति तालिममा सर्वप्रथम

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १३:१२,

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. २३ गुल्मपति तथा स्टाफ तालिम समापन भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमको समापन गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै तालिमका प्रशिक्षकहरुलाई समेत प्रसंशापत्र प्रदान गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा फौजी संगठनमा तालिमको बिशेष महत्व रहने चर्चा गर्दै यस्ता व्यवसायिक तालिमले सशस्त्र प्रहरी कर्मचारीको बृत्तिविकासमा समेत सघाउ पुग्ने बताए। उनले सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी जिम्मेवारी निर्वाह गर्दा कार्यक्षेत्रमा आईपर्ने विभिन्न सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृहरुले मातहतका कर्मचारीहरुलाई समेत सिकाउँदै सामुहिक भावनाकासाथ राज्य र संगठनले सोचे अनुरुपको लक्ष्य प्राप्तीमा क्रियाशिल रहनुपर्ने उल्लेख गरे।

DSC_7999.JPG

उनले समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा कार्यक्षेत्रमा खटिँदा अन्य सुरक्षा निकायहरु सँग समेत सहकार्य र समन्वय गर्दै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन दिँदै चेन अफ कमाण्ड, फौजी अनुशासन, इमान्दारिता र सकारात्मक सोचकासाथ कार्य गर्दा सफलता प्राप्त हुने उल्लेख गरे।

गत फागुन २० गतेबाट सञ्चालन भएको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।

तालिममा सशस्त्र प्रहरी निरीक्षक बिश्वराज योञ्जन सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनबहादुर पाण्डे उत्कृष्ट ठहरिएका छन्।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad