आगामी आर्थिक वर्षमा सेनालाई बंकरबाट ब्यारेकमा स्थानान्तरण गर्न थप आवास भवन निर्माण गरिने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यसका लागि वजेट विनियोजन गरिएको जानकारी दिए।
यस्तै नेपाली सेनाको क्षेत्रीय एयरबेसको स्थापना तथा स्तरन्नोति गर्ने कार्य अगाडि बढाइने भएको छ।
राष्टिय सुरक्षा एवं प्रतिरक्षा विषयमा अध्ययन अनुसन्धान गर्न राष्टि्य प्रतिरक्षा विश्व विद्यालय स्थापनाका लागि पनि वजेट व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए।
यस्तै सशस्त्र प्रहरीका थप ३९ वटा बोर्डर आउट पोष्ट स्थापना गरिने भएको छ। यसका लागि आगामी वर्षको बजेटमा विनियोजन गरिएको छ।

प्रतिक्रिया