सरकारले अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदको सयुक्त सभा समक्ष बजेट प्रस्तुत गर्दै अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न तथा अन्तराष्ट्रिय हवाईसेवा बढाउन बजेट छुट्टाएको बताएका छन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइने बताउँदै मौलिक परम्परा र संस्कृति झल्किने गरी विमानस्थललाई बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरिने छ।
पोखरा विमानस्थल सम्पन्न गरी सञ्चालनको तयारी गरिने बताइएको छ। गौतम बुद्ध विमानस्थल सञ्चालनमा ल्याइनेछ। निजगढ विमानस्थल निर्माण कार्य सुरु गर्नको लागि बस्ती स्थानान्तरण तथा परिपथ निमार्णको लागि आवश्यक बजेट विनियोजन गरिएको छ।
अन्तरप्रदेश हवाई सम्पर्क विस्तार गर्न सुर्खेत र भरतपुर विमानस्थललाई प्रादेशिक विमान स्थलको रुपमा स्तरउन्नती गर्न तथा विराटनगर र नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण गर्न तथा दाङको नारायणपुर र तेह्रथुमको चुहान डाडा लगायतका आन्तरिक विमानस्थलको निर्माण कार्य अघि बढाउन आवश्यक बजेट विनियोजन गरिएको छ।
ट्रंक रुटका विमानस्थल निर्माण गर्न तथा रात्रिकालिन विमान उडाउन मिल्ने गरी विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरिएको छ।
नागरिक उड्यन प्राधिकरणलाई नियामक र सेवा प्रदायकरुपमा विकास गरी निजी लगानी प्रवद्धर्न गर्ने गरी गैरसैनिक हवाई उड्डयन ऐनमा परिमार्जन गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया