रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई अस्थायीरूपमा उपलब्ध गराइरहेको फ्रिक्वेन्सीलाई निरन्तरता दिने निर्णय गरेको छ।
समितिको बिहीबार बसेको ३२औँ बैठकले टेलिकमलाई ८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा अस्थायीरूपमा उपलब्ध गराइएको थप २x५ मेगाहर्ज फ्रिक्वेन्सीलाई निरन्तरता दिने निर्णय गरेको हो।
यस्तै, समितिले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को डब्लूआरसी-२३ बाट पारित रेडियो रेगुलेसनअनुसार नेपालका लागि तयार गरिएको 'नेसनल फ्रिक्वेन्सी एलोकेसन प्लान २०२६' स्वीकृति गरेको छ।
समितिले देशमा रेडियो फ्रिक्वेन्सी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप थप प्रभावकारी, व्यवस्थित र भविष्यउन्मुख बनाउन छलफल भएको छ।
9
Shares

प्रतिक्रिया