ad ad

समाज


पुलमा दुई ट्रक ठोक्किँदा नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

पुलमा दुई ट्रक ठोक्किँदा नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ३:५०,

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ तुइनखोला पुलमा दुई सवारी साधन आपसमा ठोक्किँदा सवारी अवरुद्ध भएको छ।

बिहीबार बिहान ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर आपसमा ठोक्किँएका हुन्। दुर्घटनामा एकजना चालक घाइते भएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनाका कारण नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

फसेका सवारी साधन निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .