ad ad

राजनीति


प्रधानमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीको पत्रः कोरोना थेग्न नसक्ने भयौं, सहयोग चाहियो

प्रधानमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीको पत्रः कोरोना थेग्न नसक्ने भयौं, सहयोग चाहियो

शैलेन्द्र महतो
जेठ १५, २०७७ बिहिबार ३:५६,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीका कारण आफ्नो प्रदेशमा सिर्जित संकट प्रदेश सरकारले मात्र थेग्न सक्ने अवस्था नरहेको भन्दै संघीय सरकारका तर्फबाट विशेष सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि दक्ष जनशक्ति तथा उपकरणका साथै जनजीविकाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन्।

भारतसँग खुला सीमाना हुनु तथा रोजगारीमा लागि त्यहाँ रहेका लाखौं नेपाली फर्किने क्रम बढिरहेकाले प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको मुख्यमन्त्रीले पत्रमा उल्लेख गरेका छन्। जसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारका स्रोत, साधन तथा जनशक्तिले मात्र नभ्याउने भन्दै उनले संघीय सरकारसँग विशेष सहयोग माग गरेका हुन्।

lalpatra1

लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनोट, मानव विकास सूचकांका र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण देखिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारका तर्फबाट ठोस कार्यक्रम ल्याउन माग गरेका छन्।

lalpatra2

कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पीसीआर प्रयोगशाला सञ्चालन गरिरहेकाे भए पनि भीटीएभ किट अभावमा अपेक्षित काम गर्न नसकिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यथाशीघ्र भीटीएम किट, उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रधानमन्त्रीलाई अनुराेध गरेका छन्। 

प्रदेशबाट वैदेशिक रोजगारीमा गएका झन्डै १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावना रहेकाले युवा रोजगार कार्यक्रम, कृषिकेन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन उनले पत्रमार्फत प्रधामन्त्रीसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .