कला


अस्कर कलेजमा साउन १ बाट नाटक ‘फर्स्ट ड्राफ्ट’ मञ्चन हुने

अस्कर कलेजमा साउन १ बाट नाटक ‘फर्स्ट ड्राफ्ट’ मञ्चन हुने

नेपालखबर
असार ३१, २०८३ बुधबार १४:५, काठमाडौँ

काठमाडौँस्थित अस्कर कलेजमा नाटक ‘फर्स्ट ड्राफ्ट’ मञ्चन हुने भएको छ। कलेजको साधना घरमा यो नाटक साउन १ गतेदेखि मञ्चन हुन लागेको हो। 

यो नाटक कञ्चन संग्रौलाको लेखन तथा निर्देशनमा तयार हुन लागेको हो। नाटकमा कञ्चनसहित अभय बराल मुख्य भूमिकामा देखिनेछन्। 

विसंगत तथा मेटा-थिएटर शैलीमा आधारित ‘फर्स्ट ड्राफ्ट’ अभिनयप्रति समर्पित एक युवती मीराको कथामा केन्द्रित छ। 

अनगिन्ती विचार र आत्मद्वन्द्वबीच उनले सिर्जना गरेको पात्र हिरा अचानक उनकै सामु उपस्थित हुन्छ। कल्पना र यथार्थको रेखा धमिलो हुँदै जाँदा कलाकारको सिर्जनात्मक असुरक्षा, आत्मसंघर्ष र पहिचानको खोजीलाई हास्य, व्यङ्ग्य र संगीतसँगै प्रस्तुत गरिएको छ।

नाटकको अवधि करिब १ घण्टा ३० मिनेट छ।

ट्रिओ आर्टस‍्सँगको सहकार्यमा बनेको नाटकमा नवीन न्यौपाने र पशुपति राई निर्माता हुन्। यो नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे प्रदर्शन हुनेछ। बुधबार र शनिबार भने दुई शो रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad