समाज


पहिलोपटक नेपालमा एकैदिन संक्रमित हुनेको संख्या १०० नाघ्यो

पहिलोपटक नेपालमा एकैदिन संक्रमित हुनेको संख्या १०० नाघ्यो

नेपालखबर
जेठ १४, २०७७ बुधबार १०:४१,

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ११४ पुगेको छ।

 बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

यो अहिलेसम्मकै संक्रमितको संख्यामध्ये सबैभन्दा उच्च हो। यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी बोडेबसाइनका ८, सप्तरैकै बालनबेहुल गाउँपालिकाका २ जना, सप्तरीकै सुरुङ्गा नगरपालिकाका १ गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए।

त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको कचनकबलका १५ र गौरादह नगरपालिकाका २ गरी १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी हेटौँडाको कीटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौडाका १ जना, रौतहट गडीमाई नगरपालिकाका ७ जना, पोखराको प्रदेशीक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुमपूर्वका ३ जना, दाङ घोरहीका ७ जना, लमही नगरपालिकाका ८ जना ग।री १८ जना, त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउृँपालिकाका १ गरी १६ जनामा कोरोना पुष्टि भएको बताए।

 प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुमपूर्वका ३ जना, दाङ घोरहीका ७ जना, लमही नगरपालिकाका ८ जना ग।री १८ जना, त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउृँपालिकाका १ गरी १६ जनामा कोरोना पुष्टि भएको बताए।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहा सिद्धिचरणका १, सिरहा घर भइ सप्तरीमा कार्यरत १ जना, बाराको प्रचौटा नगरपालिकाका ७ जना, रौटहट घर भइ बारामा रहेको १ जना, रौटहट गौरका ८ जना, देवाहीगुनाही २ जना, कटरियाका २ जना, श्रीजनता क्वारेन्टिनका १४ जना, मद्रासा रौतहटकै २ जना रहेका गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा पुष्टि भएका ११४ जना संक्रकिमत क्वारेन्टिनमा रहेका व्यक्ति भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

 पछिल्लो २४ घण्टामा २८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। नारायणी अस्पताल वीरगन्जबाट २१, कोशी अस्पतालबाट ४, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या १८३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad