स्याङजमा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नातामा दाजुपर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ परेका पुरुष नाता सम्बन्धले पीडित युवतीका दाजुपर्ने भएकाले उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटना अर्जुनचौपारी गाउँपालिकाको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलका अनुसार स्थानीय १९ वर्षीया युवतीले गर्भ रहेपछि प्रहरीमा उजुरी गरेकी हुन्।
४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि वढाइएको प्रहरी उपरीक्षक कँडेलले बताए।
‘पीडित युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि प्रहरीमा उजुरी दिएकी हुन्,’ कँडेलले भने।
आरोपित व्यक्तिलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। रासस
प्रतिक्रिया