समाज


अपांगता भएका आदिवासी महिलाका सवाल सञ्चार माध्यममा ल्याउनुपर्नेमा जोड

अपांगता भएका आदिवासी महिलाका सवाल सञ्चार माध्यममा ल्याउनुपर्नेमा जोड

नेपालखबर
असार २३, २०८३ मंगलबार २०:३०, काठमाडौँ

अपांगता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मुलधारका सञ्चार माध्यममा ल्याउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। 

राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ, नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) को आयोजनामा मंगलबार काठमाडौँमा आयोजित अपांगता भएका आदिवासी जनजाति महिलाका मुद्दाका विषयमा आयोजित अन्तरसंवादमा सहभागी विज्ञले यस विषयमा जोड दिएका हुन्। कार्यक्रममा बोल्दै निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले लैंगिकता, अपांगता र सिमान्तकृतका सवाललाई मुलधारका सञ्चारमाध्यममा ल्याउन खेप्नु परिरहेको चुनौतीका विषयमा बोलेकी थिइन्। 

उनले समावेशी र समतामुलक समाज निर्माणमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएकाले अपांगता भएका आदिवासी जनजाति महिलाका संवेदनशील सवाललाई कसरी अधिकारमूखी अवधारणाबाट ब्यक्तिको मर्यादित जीवनसम्म जोड्न सकिन्छ भन्नेमा सामूहिक रुपमा पहल गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) को तर्फबाट प्रस्तुति दिँदै संस्थाकी अध्यक्ष रामकला खड्काले मुलधारका सञ्चार माध्यमले आफ्नो सञ्चार गृहको जनशक्ति र नेतृत्व तहमा सबै बर्ग र लिंगको समानुपातिक प्रतिनिधित्व गराउने, समाचार र कार्यक्रमहरुमा सिमान्तकृत समुदायका मुद्धालाई प्राथमिकता दिने र सञ्चार संस्थाले आफ्नै ‘समावेशी सञ्चार निर्देशिका’ बनाएर लागू गराउनुपर्ने बताइन्।

त्यस्तै, निडवानको तर्फबाट प्रस्तुति दिँदै संस्थाका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले अपांगता भएका महिला त्यसमा पनि आदिवासी जनजाति महिलालाई पनि पत्रकारितामा ल्याउनुपर्ने सुझाव दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad