भारतीय टेलिभिजन अभिनेत्री प्रेक्षा मेहताले आत्महत्या गरेकी छन्।
२५ वर्षीया मेहता मध्य प्रदेश राज्यको इन्दौरस्थित आफ्नै घरमा गएराति झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
पारिवारिक स्रोतले जनाएअनुसार उनले सुसाइड नोट समेत छाडेकी छन्। यद्यपि उनले आत्महत्याको कारण खुलाएकी छैनन्।
क्राइम पेट्रोल, मेरी दुर्गा, लाल इस्क जस्ता शोमा अभिनय गरेकी उनी पछिल्लो समय डिप्रेसनमा रहेको बताइएको छ।
‘सपनाको मृत्यु हुनु सबैभन्दा खराब हो,’ उनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा लेखेकी थिइन्। एजेन्सी

प्रतिक्रिया