उनले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आएका छन्।
यसैक्रममा मङ्गलबार पनि उनले मोदी सरकारले लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाए।
गान्धीले भारतमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र त्यसमा सरकारको काम प्रभावकारी हुन नसकेको पनि बताए।
उनले भने,‘यो लकडाउन किन र केका लागि गरिएको हो भन्ने उद्देश्य पनि प्राप्त हुन सकेको छैन, दिन प्रतिदिन विरामीहरु बढ्दै छन् र यो सबै सरकारले घोषणा गरेको लकडाउनको नीति बमोजिम काम हुन नसकेर हो।’
उनले भारतले चार चरणको लकडाउन पनि पार गरेको र यो अवधिमा खासै उपलब्धि हुन नसकेको भन्दै अब सरकारले अघि सार्ने रणनीति के हो भन्ने कुरा भारतीय जनताले जान्न चाहेको बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया