राजनीति


स्वास्थ्यमन्त्री ढकालको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ

स्वास्थ्यमन्त्री ढकालको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १०:४०,

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्टमा पनि संक्रमण नभएको देखिएको छ।

कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए।

मन्त्रीले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी मकवानपुरकी ५४ वर्षीय महिलालाई भेट्न पुगेका थिए।

त्रिवि अस्पतालमा रहेकी ती बिरामीलाई कोरोना पोजिटिभ देखिएपछि मन्त्री ढकालको आइतबार पुनः नमूना लिई परीक्षण गरिएको हो।

मुटुसम्बन्धी उपचार गर्न त्रिवि अस्पताल भर्ना गरिएकी महिलालाई बिहीबार अस्पताल पुगेर मन्त्री ढकालले भेट गरेका थिए।

यस्तै रुपन्देही र कपिलबस्तुमा कन्ट्याक्ट ट्रेसिङ गर्न गएका एक डाक्टरमा पनि कोरोना पोजिटिभ देखिएको थियो। मन्त्रालयमा भएको सो छलफलमा पनि मन्त्री र डाक्टर दुवै सहभागी थिए।

सो छलफलमा समेत सहभागी भएका कारण कोरोना परीक्षणका लागि आइतबार मन्त्री ढकालको निकालिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए।

‘मन्त्रालयका फ्रन्टलाईनमा काम गर्ने सबैको कोरोना परीक्षण गरिएको हो, त्यसमा सबैको नतिजा कोरोना नेगेटिभ आयो’, सचिव कोइरालाले भने, ‘मन्त्रालयमा १०० जनाभन्दा बढीको परीक्षण गरिएको थियो।’
स्वास्थ्य मन्त्री ढकालका प्रेस सल्लाहकार माधवराज तिवारीले पनि आइतबार मन्त्रीसहित १४० जना जतिको कोरोना परीक्षण गरेको र सबैको नतिजा नेगेटिभ आएको बताए।

यसअघि सबै सांसदको कोरोना परीक्षण गर्दा मन्त्रीको पनि गरिएको थियो। त्यसबेला पनि उनमा कुनै संक्रमण देखिएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad