ग्लोबल


भारत आइपुगिन् जापानी प्रधानमन्त्री

भारत आइपुगिन् जापानी प्रधानमन्त्री

नेपालखबर
असार १७, २०८३ बुधबार २१:१०, काठमाडौँ

जापानका प्रधानमन्त्री साने ताकाइची बुधबार साँझ भारत आइपुगेकी छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनी तीनदिने औपचारिक भ्रमणका लागि बुधबार साँझ नयाँ दिल्ली आइपुगेकी हुन्। 

ताकाइचीले जुलाई २ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग १६औँ भारत-जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछिन्। यस क्रममा दुई नेताले भारत-जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारीको समीक्षा गर्नेछन्।

बैठक आर्थिक सुरक्षा, बलियो आपूर्ति शृङ्खला, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई), रक्षा, समुद्री सुरक्षा, लगानी र महत्त्वपूर्ण खनिजजस्ता विषयमा सहयोग बढाउन केन्द्रित हुनेछ।

ताकाइचीले भारत-जापान व्यापार मञ्चमा पनि भाग लिनेछन्, जसमा १५० भन्दा बढी जापानी उद्योगपति सहभागी हुनेछन्।

दुई देशबिच लगानी र व्यापार साझेदारी बढाउने विषयमा छलफल केन्द्रित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad