काठमाडौंको टोखा नगरपालिकामा सोमबार भेटिएका दुई कोरोना संक्रमितहरु ज्योतिष र किराना पसलले रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार टोखा नगरपालिकाका वडानम्बर ३ र ६ का दुईजनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो।
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालका अनुसार वडानम्बर ३ का संक्रमित हात हेराउँने ज्योषिती काम गर्दै आएका थिए।
‘धनेश्वर चोकका हात हेराउँने ज्योतिषी हुन्,’ बस्यालले भने, ‘उहाँकी श्रीमतीले त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराएकी थिइन। त्यहीबाट सर्यो कि भन्ने आशंका छ।’
अहिले संक्रमितलाई टेकु अस्पताल पठाइसकिएको र परिवारलाई क्वारेन्टिनमा राखिएको बस्यालले बताए।
यस्तै वडानम्बर ६ का संक्रमित चितवनबाट ३ महिना अघि आएर ग्रान्डी अस्पतालको छेउछाउमा किनारा पसल सञ्चालन गर्दै आएका थिए।
लकडाउनमा पनि उनको किराना पसल खुल्ने भएकाले उनको संक्रमणको स्रोत पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया