समाज


कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्तिको सम्पर्कमा रहेका ६ जना पनि संक्रमित

कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्तिको सम्पर्कमा रहेका ६ जना पनि संक्रमित

नेपालखबर
जेठ १२, २०७७ सोमबार १०:५६,

वीरगंजको नेसनल मेडिकल कलेजमा कोरोनाका कारण मृत्यु भएका वृद्धको सम्पर्कमा रहेका ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले कोरोनाका कारण मृत्यु हुने व्यक्तिको सम्पर्कमा भएका अन्य ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराए ।

‘वृद्धको स्वाब जेठ ३ गते संकलन गरिएको थियो। उहाँको जेठ ४ गते निधन भएपछि उहाँको सम्पर्कमा रहनु भएका अन्यको पनि स्वाब संकलन गरिएको थियो,’ देवकोटाले भने, ‘त्यसमध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। सम्पर्कमा रहेका अन्य व्यक्तिहरु पनि पत्ता लगाउने काम भइरहेको छ।’

यी ६ जना संक्रमित भएको मन्त्रालयले यसअघि नै सार्वजनिक गरेको थियो।

तर, यसअघि नै मृत्यु भएका ती वृद्धमा पनि कोरोना संक्रमण भएको कुरा सोमबार पुष्टि भएपछि उनीसँग यी ६ जनाको सम्पर्क रहेको मन्त्रालयले खुलाएको हो।

याे पनि: 
कोरोनाका कारण चौथो मृत्यु : अन्त्येष्टि भएको एक हप्तापछि संक्रमण पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad