समाज


शिक्षण अस्पतालमा एकै पटक ९६ जनाको परीक्षण गर्न मिल्ने ल्याव सञ्चालन

शिक्षण अस्पतालमा एकै पटक ९६ जनाको परीक्षण गर्न मिल्ने ल्याव सञ्चालन

नेपालखबर
जेठ १२, २०७७ सोमबार ८:३३,

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ।

शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्। नेपालमा कोरोना

संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले आग्रह गरिन्। अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उनले बताइन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याव स्थापना भएको बताए। अहिले पुरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनले बताए।

यो सँगै देशभरी पीसीआर परीक्षणका लागि २० वटा ल्याबहरु सञ्चालनमा आएका छन्। संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ। त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन्। त्रिविले देशभरी रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तिन वटै तहका सरकारसँग आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad