कपिलवस्तुमा कोरोना संक्रमित भएकी नर्स निको भई डिस्चार्ज भएकी छिन्।
कपिलवस्तु अस्पतालमा कार्यरत ती नर्स बैशाख ३० गते आइसोलेसनमा भर्ना भएकी थिएन।
कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सको पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका डा किशोर बञ्जाडेले बताए।
नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गरिएको थियो। जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
नर्सलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको डा बञ्जाडेले बताए।
उनीसँगै जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ११ पुगेको छ। शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो।
कपिलवस्तुमा सोमबारसम्म ८३ जनामा कोरोना संक्रमण देखिएको छ।
Shares

प्रतिक्रिया